सिर्सिया नदी मुद्दामा सांसद हरि पन्तमाथि स्थानीयको प्रश्न– “वर्षौंदेखिको संघर्षको श्रेय लिन खोजियो”
वीरगञ्ज । सिर्सिया नदी प्रदूषणको विषय संसदमा उठाएपछि पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तमाथि स्थानीयस्तरबाट प्रश्न उठेको छ।
स्थानीयको भनाइअनुसार सिर्सिया नदीको प्रदूषण लामो समयदेखि नागरिक, सञ्चारमाध्यम र विभिन्न संघसंस्थाले उठाउँदै आएको विषय हो। तर अहिले संसदमा कुरा उठाएर विगतका अभियान र पहलको श्रेय लिने प्रयास भएको आरोप लगाइएको छ।
स्थानीयले जनप्रतिनिधिको भूमिका केवल संसदमा आवाज उठाउनु मात्र नभई उद्योग अनुगमन, सम्बन्धित निकायसँग समन्वय र दीर्घकालीन समाधानका लागि ठोस पहल गर्नुपर्ने बताएका छन्।
“भाषणले मात्र सिर्सिया सफा हुँदैन, परिणाम देखिने काम आवश्यक छ,” स्थानीयको भनाइ छ।

