पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान सुरु
पोखरा । फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दै फ्लाई दुबईको विमान पोखरा विमानस्थलमा अवतरण गरेको हो।
विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा विशेष स्वागत गरिएको थियो। विमानलाई पानीको फोहोराले स्वागत गरिएको हो।
आजदेखि सुरु भएको नियमित उडानअन्तर्गत फ्लाई दुबईको विमानले पोखराबाट यात्रु लिएर दुबई फर्कनेछ। यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको दायरा थप विस्तार भएको छ।
दुबई–पोखरा–दुबई सिधा हवाई सम्पर्क सुरु भएपछि पोखरा आउने विदेशी पर्यटक तथा विदेश जाने नेपाली यात्रुलाई समेत सहज हुने अपेक्षा गरिएको छ। यसले पोखराको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

