एमाले नेतृत्वप्रति असहमति जनाउँदै अनेरास्ववियुका केन्द्रीय सदस्य अहमदले दिए राजीनामा
वीरगंज । नेकपा एमालेनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य आसिफ अहमदले पार्टी तथा संगठनको पदबाट राजीनामा दिएका छन्।
अहमदले नेतृत्व शैली, युवालाई निर्णायक भूमिकामा अवसर नदिएको र नेतृत्व हस्तान्तरणप्रति देखिएको अनिच्छाप्रति असहमति जनाउँदै राजीनामा दिएको बताएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व तथा कार्यशैलीप्रति समेत राजनीतिक असहमति रहेको उल्लेख गरेका छन्।
युवालाई संगठनमा सक्रिय गराए पनि नेतृत्व र नीति निर्माणको तहमा पर्याप्त अवसर नदिइएको भन्दै उनले प्रश्न उठाएका छन्।

