Tuesday, October 20, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित, प्रहरी सहायक हवल्दार जितेन्द्र प्रसाद यादव सम्मानित

चराचर खबर by चराचर खबर
September 24, 2026
in समाचार
0
भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित, प्रहरी सहायक हवल्दार जितेन्द्र प्रसाद यादव सम्मानित
2
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित, प्रहरी सहायक हवल्दार जितेन्द्र प्रसाद यादव सम्मानित

वीरगन्ज, असोज ८ । जिल्ला प्रहरी कार्यालय पर्साले २०८३ साल भदौ महिनाका लागि ‘Best Police of the Month’ अर्थात् महिनाको उत्कृष्ट प्रहरीका रूपमा वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र प्रसाद यादवलाई घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम यादवलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेका हुन्।

उत्कृष्ट प्रहरी छनोटपछि प्रहरी उपरीक्षक भट्टराईले प्रहरी सहायक हवल्दार यादवलाई प्रशंसा पत्र तथा पुरस्कार प्रदान गर्दै सम्मान गरेका छन्। कार्यक्रममा यादवको कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा पनि जिम्मेवारी, अनुशासन र व्यावसायिकतालाई निरन्तरता दिन शुभकामना दिइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी कर्मचारीको कार्यसम्पादन, जिम्मेवारीप्रतिको लगनशीलता तथा उत्कृष्ट योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महिनाको उत्कृष्ट प्रहरी’ छनोट गर्दै आएको जनाएको छ।

भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मानित यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

Previous Post

एमाले नेतृत्वप्रति असहमति जनाउँदै अनेरास्ववियुका केन्द्रीय सदस्य अहमदले दिए राजीनामा

Next Post

बालबालिका बेचबिखन रोकथाममा सुरक्षाकर्मीको भूमिका प्रभावकारी बनाउने विषयमा वीरगञ्जमा छलफल

चराचर खबर

चराचर खबर

Next Post
बालबालिका बेचबिखन रोकथाममा सुरक्षाकर्मीको भूमिका प्रभावकारी बनाउने विषयमा वीरगञ्जमा छलफल

बालबालिका बेचबिखन रोकथाममा सुरक्षाकर्मीको भूमिका प्रभावकारी बनाउने विषयमा वीरगञ्जमा छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l