Tuesday, October 20, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

दशैं मेलामा युवतीमाथि दुर्व्यवहारको आरोप, भन्सार एजेन्ट अखिलेश कुमार साह पक्राउ

चराचर खबर by चराचर खबर
October 19, 2026
in समाचार
0
दशैं मेलामा युवतीमाथि दुर्व्यवहारको आरोप, भन्सार एजेन्ट अखिलेश कुमार साह पक्राउ
9
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

दशैं मेलामा युवतीमाथि दुर्व्यवहारको आरोप, भन्सार एजेन्ट अखिलेश कुमार साह पक्राउ

वीरगञ्ज, २ कात्तिक। वीरगञ्जमा सञ्चालित दशैं मेलामा युवतीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–४, बलिरामपुर निवासी करिब ४५ वर्षीय अखिलेश कुमार साहलाई पक्राउ गरेको छ।

प्राप्त विवरणअनुसार, आइतबार राति मादक पदार्थ सेवन गरी मेला हेर्न आएका साहमाथि युवतीहरूमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो। घटनापछि घण्टाघरस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाएको जनाइएको छ।

पीडित पक्षसँग समन्वय गर्दै प्रहरीले घटनासम्बन्धी मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको बताइएको छ। वीरगञ्ज भन्सारमा माछा तथा तरकारीको भन्सार पास गराउने एजेन्टका रूपमा काम गर्दै आएका साहमाथि प्रहरीलाई पत्रकारको परिचयपत्र देखाएर धाकधम्की दिएको आरोपसमेत लागेको समाचारमा उल्लेख छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

Previous Post

मोटरसाइकलको तीव्र गति नियन्त्रणमा प्रहरीको सक्रियता, एसपी रुपेश खड्काको कार्यको प्रशंसा

चराचर खबर

चराचर खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l