रास्वपाले प्रत्यक्षतर्फ प्राइमरी इलेक्सन नगर्ने, पुरानै सिफारिस प्रक्रियाबाट उम्मेदवार छान्ने निर्णय गरेको छ। पार्टी एकताका कारण प्राइमरी इलेक्सन सम्भव नभएपछि रास्वपा पनि अन्य परम्परागत दलहरूको शैलीअनुसार उम्मेदवार छनोट प्रक्रियामा जाने भएको हो। रास्वपाले डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठन गरेको उम्मेदवार सिफारिस समितिको बैठकले उम्मेदवार छनोटको विधि तय गरेको हो।
- यो निर्णयअनुसार अब रास्वपामा पनि क्षेत्रीय र जिल्ला समितिबाट उम्मेदवार सिफारिस गरिनेछ। ती समितिबाट आएका नामहरूलाई एकत्रित गरी केन्द्रीय उम्मेदवार छनोट समितिले अन्तिम सिफारिस गर्ने व्यवस्था गरिएको छ।