पर्सा–२ मा स्वतन्त्र उम्मेदवार साहले लिए उम्मेदवारी फिर्ता
- पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर प्रसाद साह (तेली) ले अन्ततः उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।
कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका साहले सुरुदेखि नै जित्ने दाबी गर्दै सक्रिय चुनावी गतिविधि गर्दै आएका थिए। तर पछिल्लो समयमा कांग्रेसका आधिकारिक उम्मेदवार अजय कुमार चौरसियासँगको राजनीतिक दबाब र सहमतिपछि उनले उम्मेदवारी फिर्ता लिएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार यो निर्णयमा आर्थिक लेनदेनसमेत भएको आशंका गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन।
साहको उम्मेदवारी फिर्तासँगै पर्सा–२ को चुनावी समीकरणमा फेरबदल आउने देखिएको छ, जसले आगामी चुनावलाई थप चासोको विषय बनाएको छ।

