- एआईजी राजन अधिकारीको प्रमुख आतिथ्यमा विराटनगरमा सरस्वती मन्दिरको प्राणप्रतिष्ठा
विराटनगर — मोरङको सुन्दरहरैचा नगरपालिका–०९, गोठगाउँस्थित निर्माणाधीन कोशी प्रदेश प्रहरी तालिम केन्द्रको परिसरमा नवनिर्मित सरस्वती माता मन्दिरको आज विधिवत प्राणप्रतिष्ठा गर्दै शुभारम्भ गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहका बीच वैदिक विधिअनुसार मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो। धार्मिक तथा आध्यात्मिक अनुष्ठानसहित सम्पन्न उक्त कार्यक्रमले तालिम केन्द्रको वातावरणमा सकारात्मक ऊर्जा र शान्तिको अनुभूति थप्ने अपेक्षा गरिएको छ।
समारोहमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, विभिन्न प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षकसहित अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले प्रहरी संगठनभित्र अनुशासन, ज्ञान र संस्कारको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

