Friday, July 31, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

प्रहरी संगठनका लागि ऐतिहासिक दिन : भगवानसरह सावित आईजीपी दानबहादुर कार्की

चराचर खबर by चराचर खबर
January 29, 2026
in मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
प्रहरी संगठनका लागि ऐतिहासिक दिन :  भगवानसरह सावित आईजीपी दानबहादुर कार्की
1
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

 

प्रहरी संगठनका लागि ऐतिहासिक दिन :

  • भगवानसरह सावित आईजीपी दानबहादुर कार्की

प्रहरी संगठनका सम्पूर्ण कर्मचारीका लागि आजको दिन केवल निर्णय मात्र होइन, न्याय प्राप्तिको दिन बनेको छ। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेतृत्व सम्हालेपछि गरेको प्रतिबद्धता अन्ततः व्यवहारमा परिणत भएको छ।

आईजीपी कार्कीले दर्ज्यानी चिन्ह समारोहका क्रममा फुली लगाउँदा बोलेका शब्दहरू आज कर्ममा रूपान्तरित भएका छन्। उहाँको निरन्तर पहल र दृढ नेतृत्वका कारण नेपाल सरकारले नेपाल प्रहरीको राशन स्केल वृद्धि गर्ने ऐतिहासिक निर्णय गरेको हो। माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै, नेपाल प्रहरीले लामो समयदेखि भोग्दै आएको भेदभावको अन्त्य भएको छ।

विगत लामो समयदेखि अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरी राशन सुविधामा पछि पारिँदै आएको थियो। यही असमानता हटाउन आईजीपी कार्की नियुक्ति भएदेखि नै निरन्तर रूपमा आवाज उठाउँदै, नीतिगत पहल गर्दै आउनुभएको थियो। त्यसको परिणामस्वरूप अब फागुन १ गतेदेखि नेपाल प्रहरीले पनि अन्य सुरक्षा निकाय सरहको राशन सुविधा प्राप्त गर्ने भएको छ।

यो निर्णयले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनुका साथै संगठनभित्र पेशागत सम्मान, समानता र न्यायको अनुभूति गराएको छ। सुरक्षाको पहिलो पंक्तिमा खटिने प्रहरीका लागि यो केवल सुविधा होइन, राज्यले दिएको मान्यता हो।

दानबहादुर कार्की प्रहरी महानिरीक्षक बनेयता नेपाल प्रहरीमा सुधारका अनेक कार्यक्रम अघि बढिरहेका छन्। सेवा प्रवाहको गुणस्तर उकास्ने, संगठनलाई आधुनिक बनाउने र प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्ने कार्यमा उहाँ निरन्तर सक्रिय देखिनुहुन्छ।

आजको निर्णयले एउटा सन्देश दिएको छ—

नेतृत्व इमानदार भयो भने परिवर्तन सम्भव हुन्छ।

Previous Post

चुनाव नजिकिँदै गर्दा फेरि उही अनुहार, उही आश्वासन पर्सा–३ मा पूर्वमन्त्री सुरेन्द्र चौधरीमाथि जनआक्रोश चुलिँदै

Next Post

पिपुल फर्स्ट पार्टीका उम्मेदवार हैदरको घरदैलो अभियान तीव्र

चराचर खबर

चराचर खबर

Next Post
पिपुल फर्स्ट पार्टीका उम्मेदवार हैदरको घरदैलो अभियान तीव्र

पिपुल फर्स्ट पार्टीका उम्मेदवार हैदरको घरदैलो अभियान तीव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l