पर्सा–१ मा जाबेद इकबाल हैदरको घरदैलो अभियान तीव्र, स्थानीयबाट उत्साहजनक समर्थन
पर्सा क्षेत्र नं. १ का साझा उम्मेदवार जाबेद इकबाल हैदरले आज वार्ड नं. २० को हरपतगञ्ज, अपउनि तथा वार्ड नं. २२ को इनार्वा मनियारीमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलो अभियानका क्रममा प्रत्येक घरमा पुग्दा स्थानीय जनताले देखाएको निस्वार्थ माया, सद्भाव र आत्मीयताले उम्मेदवारसहित अभियान टोलीलाई थप उत्साह थपेको छ।
जाबेद हैदरको स्पष्ट दृष्टिकोण, कार्यक्षमता र ऊर्जाशील नेतृत्व देखेर स्थानीय बासिन्दाहरू निकै आशावादी देखिएका छन्। विकास, रोजगारी र सुशासनको एजेन्डासहित अघि बढेका उहाँप्रति जनताको विश्वास दिनप्रतिदिन बढ्दै गएको समर्थकहरूको भनाइ छ।
“यो जनताको साथ र समर्थन नै हाम्रो जितको बलियो आधार हो,” अभियान टोलीले प्रतिक्रिया दिएको छ।

