वीरगञ्जमा नेशनल मेडिकल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले शैक्षिक सत्र २०८२/०८३ का एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीएमएलटी र बीएमआईटी कार्यक्रमका नवप्रवेशी विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
फागुन २७ गते आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा. डा. के. एन. सिंहको अध्यक्षता तथा अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, नियम तथा पेशागत जिम्मेवारीबारे जानकारी दिइएको थियो।
कार्यक्रममा नवप्रवेशी विद्यार्थीलाई प्रा. डा. रवि शंकर गुप्ताले शपथ गराउनुभएको थियो भने अन्त्यमा प्रबन्ध निर्देशक शहनवाज अन्सारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

