पर्सामा ६ किलोभन्दा बढी गाँजासहित चार भारतीय नागरिक पक्राउ
वीरगञ्ज — पर्सा प्रहरीले ६ किलो १८ ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब ८:२० बजे नियमित चेकिङका क्रममा शङ्कराचार्य गेट बाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार लागूऔषधलाई रातो प्लास्टिकमा पोको पारेर शरीरमा लुकाई रक्सौल तर्फ लैजाँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा Bihar राज्य, पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय सफि अहम्द, ३३ वर्षीय विनय ठाकुर, ३० वर्षीय मुकिम मियाँ र २८ वर्षीय महम्द एकवाल रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

