Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

रौतहट–३ की पुनम यादवद्वारा नेकपा परित्याग, ‘पार्टीभित्रै विश्वासघात’ आरोप

चराचर खबर by चराचर खबर
May 4, 2026
in राजनीति, समाचार
0
रौतहट–३ की पुनम यादवद्वारा नेकपा परित्याग, ‘पार्टीभित्रै विश्वासघात’ आरोप
2
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

रौतहट–३ की पुनम यादवद्वारा नेकपा परित्याग, ‘पार्टीभित्रै विश्वासघात’ आरोप
काठमाडौं — रौतहट–३ बाट गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकी नेकपाकी नेतृ पुनम यादवले पार्टी परित्याग गरेकी छन्। निर्वाचनका क्रममा आफ्नै पार्टीभित्रका नेताहरूबाट विश्वासघात भएको गम्भीर आरोप लगाउँदै उनले पार्टी छाड्ने निर्णय लिएको बताइन्।
उनका अनुसार चुनावमा पार्टीकै केही नेताहरूले साथ नदिँदा आफूले अपेक्षित मत प्राप्त गर्न नसकेको र अन्ततः पराजित हुनुपरेको थियो। सो क्षेत्रमा रास्वपाका रवीन्द्र पटेल निर्वाचित भएका थिए भने यादव पाँचौँ स्थानमा सीमित भएकी थिइन्।
यादवले करिब १० वर्षदेखि माओवादी हुँदै नेकपामा सक्रिय रहे पनि कुनै जिम्मेवारीपूर्ण पद नपाएको गुनासो गरिन्। “पार्टीका लागि लामो समय योगदान दिएँ, तर कहिल्यै उचित मूल्याङ्कन भएन,” उनले भनिन्, “चुनावमा समेत अन्तर्घात भएपछि पार्टीमा बसिरहनुको अर्थ रहेन।”
उनले पार्टीभित्र पुरानै सोच र प्रवृत्ति हावी रहेको तथा युवालाई अवसर नदिने संस्कार कायम रहेको आरोपसमेत लगाइन्। जेन–जी पुस्ताले परिवर्तन खोजिरहेको बेला नेतृत्वमा पुरानै अनुहार हाबी हुनु पार्टीको कमजोरी भएको उनको भनाइ छ।
पार्टी परित्याग गरे पनि तत्काल अन्य कुनै दलमा जाने योजना नरहेको उनले स्पष्ट पारिन्। केही समय स्वतन्त्र रूपमा बसेर समाजसेवा र जनतासँग प्रत्यक्ष काम गर्ने उनको योजना रहेको छ। “जनताको सेवा गर्न पार्टी नै चाहिन्छ भन्ने होइन,” उनले भनिन्।
यादवले पार्टीको नाममा स्वार्थ पूरा गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। “पार्टीको नाम देखाएर व्यक्तिगत लाभ लिने र चुनावमा अर्कैलाई मत दिने प्रवृत्ति देखियो,” उनले आरोप लगाइन्।
गत निर्वाचनमा उनले ३ हजार ८८१ मत प्राप्त गरेकी थिइन्। उनका बुबा सुरेन्द्र यादवसमेत स्थानीय तह निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका थिए तर पराजित भएका थिए।
यादवको यो निर्णयले मधेश प्रदेशको राजनीतिमा थप हलचल ल्याउने अनुमान गरिएको छ।

Previous Post

वीरगञ्जमा स्पा सेन्टरमाथि कडा अनुगमन, नाबालिका प्रयोग भेटिएपछि कारबाहीको चेतावनी

Next Post

सरकारी बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ, विवादपछि तोडफोड प्रयास

चराचर खबर

चराचर खबर

Next Post
सरकारी बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ, विवादपछि तोडफोड प्रयास

सरकारी बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ, विवादपछि तोडफोड प्रयास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l