Monday, September 14, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

बीपी उद्यान नयाँ स्वरूपमा: हरियाली पार्कसँगै रेल्वे संग्रहालय बन्ने

चराचर खबर by चराचर खबर
May 5, 2026
in राजनीति, विचार, समाचार, समाज
0
बीपी उद्यान नयाँ स्वरूपमा: हरियाली पार्कसँगै रेल्वे संग्रहालय बन्ने
2
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

बीपी उद्यान नयाँ स्वरूपमा: हरियाली पार्कसँगै रेल्वे संग्रहालय बन्ने

वीरगञ्ज, २२ बैशाख — वीरगञ्ज महानगरपालिकाले बीपी उद्यानलाई आधुनिक हरियाली पार्कमा रूपान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ। लामो समयदेखि अव्यवस्थित र अतिक्रमणको चपेटामा रहेको क्षेत्रलाई सफा, व्यवस्थित र आकर्षक सार्वजनिक स्थल बनाउने लक्ष्यसहित अहिले माटो पुर्ने, जमिन सम्याउने र सिँचाइ गर्ने काम भइरहेको छ।

आगामी चरणमा दुबो, फूल तथा विभिन्न प्रजातिका बिरुवा रोपेर उद्यानलाई हराभरा बनाइने महानगरपालिकाले जनाएको छ। पार्कभित्र पैदल मार्ग, विश्रामस्थल र फूलबारी निर्माण गरी नागरिकलाई स्वच्छ वातावरणमा समय बिताउने खुला स्थान उपलब्ध गराइने योजना छ।

मेयर राजेशमान सिंहका अनुसार यो परियोजना शहरको सौन्दर्य बढाउने मात्र नभई वातावरणीय सुधार र नागरिकको जीवनस्तर उकास्ने अभियान पनि हो। पार्कले तापक्रम नियन्त्रण, प्रदूषण न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यस्तै, उद्यानको उत्तरतर्फ रहेको पुरानो रेल्वे लिक क्षेत्रमा रेल्वे संग्रहालय निर्माण गर्ने तयारीसमेत अघि बढाइएको छ। ऐतिहासिक झल्को दिन जनकपुरबाट पुरानो रेल इन्जिन ल्याइने योजना छ।

महानगरका हरियाली संयोजक जयप्रकाश खेतानले यसअघि भन्सार क्षेत्रमा समेत वृक्षारोपण गरी हरियाली विस्तारको प्रयास गरिएको जानकारी दिए। उद्यान निर्माण सम्पन्न भएपछि शहरी सौन्दर्य, वातावरण संरक्षण र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

Previous Post

सरकारी बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ, विवादपछि तोडफोड प्रयास

Next Post

नेपाल रेडक्रस सोसाइटी द्वारा विश्व रेडक्रस दिवसमा विविध कार्यक्रम

चराचर खबर

चराचर खबर

Next Post
नेपाल रेडक्रस सोसाइटी द्वारा विश्व रेडक्रस दिवसमा विविध कार्यक्रम

नेपाल रेडक्रस सोसाइटी द्वारा विश्व रेडक्रस दिवसमा विविध कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l