Monday, September 14, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

हज यात्रामा जाने श्रद्धालुलाई जेन जी पर्साको भावपूर्ण बिदाइ

चराचर खबर by चराचर खबर
May 10, 2026
in विचार, विश्व, समाचार, समाज, सम–सामयिक
0
हज यात्रामा जाने श्रद्धालुलाई जेन जी पर्साको भावपूर्ण बिदाइ
5
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

हज यात्रामा जाने श्रद्धालुलाई जेन जी पर्साको भावपूर्ण बिदाइ

अभिलाष गुप्ता

वीरगञ्ज, २७ वैशाख

वीरगञ्जमा जेन जी पर्सा ले हज यात्रामा जान लागेका मुस्लिम श्रद्धालुहरुलाई सम्मान तथा शुभकामनासहित बिदाइ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं. २ स्थित छपकैया चौकमा आयोजित कार्यक्रममा हज यात्रुहरुलाई सफल, सुरक्षित र मंगलमय यात्राको शुभकामना दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जेन जी पर्साका संयोजक महादेव प्रसाद कुर्मी ले हज यात्राले धार्मिक आस्था मात्र नभई विश्व शान्ति, मानवता र सद्भावको सन्देश फैलाउने बताए। उनले विश्वभर बढ्दो युद्ध, हिंसा र द्वन्द्व अन्त्यका लागि हज यात्राका क्रममा विशेष दुवा गर्न आग्रह गरे।

त्यसैगरी प्रमुख सल्लाहकार बिरेन्द्र कण्ठ ले समाजमा धार्मिक सहिष्णुता, आपसी सम्मान र एकताको भावना अझ बलियो बनाउन सबै समुदायबीच सद्भाव आवश्यक रहेको उल्लेख गरे। उनले देशमा शान्ति र अमन–चयन कायम रहोस् भन्ने कामनासहित यात्रुहरुलाई विशेष दुवा गर्न अनुरोध गरे।

कार्यक्रममा जेन जीका विभिन्न वडाका प्रतिनिधि, उप–संयोजक, सल्लाहकार तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले हज यात्राले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।

Previous Post

वीरगञ्जमा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

Next Post

विद्या सदन माध्यमिक विद्यालय मा ईसीडी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चराचर खबर

चराचर खबर

Next Post
विद्या सदन माध्यमिक विद्यालय मा ईसीडी अभिमुखीकरण कार्यक्रम सम्पन्न

विद्या सदन माध्यमिक विद्यालय मा ईसीडी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l