वीरगञ्जमा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नं. १० को आयोजनामा चौथो संस्करणको वडा स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्यमा गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै सांसद साहले खेलकुदले युवालाई सकारात्मक दिशातर्फ लैजाने र अनुशासन तथा आपसी सद्भाव बढाउने बताए।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने विद्यालयस्तरीय मार्चपास पनि आयोजना गरिएको थियो। प्रतियोगितामा ८ वटा विद्यालय सहभागी भएका छन्। आयोजकका अनुसार प्रतियोगिता केही दिनसम्म सञ्चालन हुनेछ।

