लागूऔषध सुधार अभियानअन्तर्गत वीरगञ्जमा ८ जना नियन्त्रणमा
अभिलाष गुप्ता
वीरगञ्ज, २५ वैशाख
मधेश प्रदेश प्रहरीले सञ्चालन गरेको “लागु औषध प्रयोगकर्ता खोजि एवं सुधार अभियान २०८३” अन्तर्गत वीरगञ्जमा विशेष चेकजाँच अभियान चलाइएको छ।
वीरगञ्ज–१६ ईनर्वास्थित शंकराचार्य गेट नजिक स्वास्थ्यकर्मी र लागूऔषध परीक्षण किटसहित चेकपोष्ट स्थापना गरी गरिएको जाँचका क्रममा लागूऔषध सेवन गरेको अवस्थामा ८ जना पुरुषलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बिर्ताले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामाथि स्वास्थ्य परीक्षण तथा थप अनुसन्धान भइरहेको छ। लागूऔषध दुव्र्यसन नियन्त्रण र प्रयोगकर्ताको सुधारका लागि अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

