जीतपुरसिमरा उपमहानगरपालिकाको ३ नम्बर पुल क्षेत्रमा डोजर, ३३ घर हटाउने तयारी
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल क्षेत्रमा डोजर छ। डिभिजन वन कार्यालय, सडक डिभिजन तथा पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले अतिक्रमण हटाउने अभियानअन्तर्गत यहाँ रहेका ३३ वटा घर भत्काउने तयारी गरेको जनाएको छ।
सरकारी तथा वन क्षेत्र अतिक्रमण गरी संरचना निर्माण गरिएको भन्दै सम्बन्धित निकायले खाली गर्न सूचना दिएपछि संयुक्त टोली फिल्डमा पुगेको हो। स्थानीयवासी भने वैकल्पिक व्यवस्थाविना घर भत्काउन खोजिएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

