Monday, September 14, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

सर्वोच्चको टिप्पणी : ‘१०० रुपैयाँको सामानमा भन्सार लगाउने नियम अव्यावहारिक’

चराचर खबर by चराचर खबर
May 15, 2026
in अर्थ, विश्व, समाचार
0
सर्वोच्चको टिप्पणी : ‘१०० रुपैयाँको सामानमा भन्सार लगाउने नियम अव्यावहारिक’
4
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

सर्वोच्चको टिप्पणी : ‘१०० रुपैयाँको सामानमा भन्सार लगाउने नियम अव्यावहारिक’

काठमाडौं — नेपाल–भारत सीमानाकाबाट घरायसी प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले यस्तो सीमा आजको महँगीको समयमा अव्यावहारिक र अतार्किक देखिएको टिप्पणी गरेको हो।

अधिवक्ताहरू आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले उक्त निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका थिए। रिटमा नेपाल–चीन सीमा वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने यात्रुका लागि बढी भन्सार छुटको व्यवस्था हुँदा भारतसँगको खुला सीमामा भने १०० रुपैयाँको मात्र सीमा तोकिनु विभेदपूर्ण रहेको उल्लेख गरिएको छ।

रिट निवेदकहरूले सीमावर्ती क्षेत्रका नागरिकले दैनिक उपभोग्य सामग्री, औषधि, तरकारी वा कपडाजस्ता सामान ल्याउँदा समेत हैरानी खेप्नुपरेको बताएका छन्। साथै, यस्तो निर्णयले नेपाल–भारत व्यापार सन्धिको भावना विपरीत सहज आवतजावत र वस्तु प्रवाहमा अवरोध सिर्जना गरेको जिकिर गरिएको छ।

Previous Post

बिपिएस +2 कलेजमा कक्षा १२ का विद्यार्थीलाई भव्य बिदाई, एसएसपी कोईरालाको प्रेरणादायी सम्बोधन

Next Post

फ्लोर क्रसको डरले मधेसका मुख्यमन्त्रीले लिन सकेनन् विश्वासको मत, बैठक पटक–पटक सारियो

चराचर खबर

चराचर खबर

Next Post
फ्लोर क्रसको डरले मधेसका मुख्यमन्त्रीले लिन सकेनन् विश्वासको मत, बैठक पटक–पटक सारियो

फ्लोर क्रसको डरले मधेसका मुख्यमन्त्रीले लिन सकेनन् विश्वासको मत, बैठक पटक–पटक सारियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l