विषयमा सरकार किन मौन?’ भन्दै सांसद खुस्बु ओलीको प्रश्न
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको विषय प्रभावकारी रूपमा नउठाइएको भन्दै सरकारको आलोचना गरेकी छन्।
प्रतिनिधिसभामा बोल्दै उनले भ्रमणअघि सीमा मुद्दा उठाउने संकेत गरिए पनि औपचारिक वार्ता, प्रेस विज्ञप्ति र संसदमा समेत यसबारे स्पष्ट धारणा नआएको दाबी गरिन्। ओलीले सरकारले सीमा विवादलाई प्राथमिकतामा नराखी नियमित सीमा व्यवस्थापनका विषयमा मात्र केन्द्रित भएको आरोप लगाइन्।
उनले राष्ट्रिय हितसँग जोडिएको सीमा मुद्दामा सरकारको स्पष्ट र दृढ अडान सार्वजनिक गर्न माग गरेकी छन्।

