Wednesday, June 17, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

डिजिटल सीपमा विद्यार्थी सशक्त बनाउँदै बिकन विद्यालय, उत्कृष्टलाई सम्मान

चराचर खबर by चराचर खबर
June 15, 2026
in समाचार, समाज
0
डिजिटल सीपमा विद्यार्थी सशक्त बनाउँदै बिकन विद्यालय, उत्कृष्टलाई सम्मान
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

डिजिटल सीपमा विद्यार्थी सशक्त बनाउँदै बिकन विद्यालय, उत्कृष्टलाई सम्मान

वीरगञ्ज, १ असार
वीरगञ्जस्थित बिकन माध्यमिक विद्यालयमा आयोजित डिजिटल मार्केटिङ तथा प्राविधिक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूलाई आधुनिक प्रविधि र डिजिटल युगसँग अनुकूल बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमले डिजिटल सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालयले जनाएको छ।
कार्यशालामा सहभागी विद्यार्थीहरूले सामाजिक सञ्जाल व्यवस्थापन, अनलाइन प्रवर्द्धन, कन्टेन्ट निर्माण, डिजिटल ब्रान्डिङ तथा डिजिटल मार्केटिङका विभिन्न व्यावहारिक पक्षबारे प्रशिक्षण प्राप्त गरेका थिए। तालिमपछि उनीहरूको सिकाइ मूल्याङ्कन गर्न परीक्षा सञ्चालन गरिएको थियो।
मूल्याङ्कनमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूमध्ये कक्षा १० का आर्यन राउत प्रथम, कक्षा ९ का सार्थक गुप्ता द्वितीय, कक्षा १० का पियुष ठाकुर तृतीय तथा कक्षा ९ की सञ्जना शाह चौथो स्थान हासिल गर्न सफल भए। उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
समापन कार्यक्रममा विद्यालयका प्रिन्सिपल जय दनुवार, डाइरेक्टर मुना खनाल, संस्थापक प्रकाश उपाध्याय, विद्यालय प्रतिनिधि सुभाष सिंह तथा शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले आजको डिजिटल युगमा सूचना प्रविधि र डिजिटल मार्केटिङसम्बन्धी ज्ञान अत्यावश्यक बन्दै गएको उल्लेख गर्दै विद्यालयस्तरमै यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनीहरूको भनाइमा डिजिटल शिक्षाले विद्यार्थीहरूलाई भविष्यका अवसरका लागि थप सक्षम र प्रतिस्पर्धी बनाउनेछ।
कार्यक्रमका प्रशिक्षक विवेक कुमार दासले विद्यार्थीहरूको उत्साह र सिकाइप्रतिको समर्पणको प्रशंसा गर्दै हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले डिजिटल सीपलाई आधुनिक समयको अपरिहार्य आवश्यकता बताउँदै निरन्तर अध्ययन र अभ्यासमा जोड दिए।
“उज्ज्वल भविष्यका लागि विद्यार्थीलाई डिजिटल सीपबाट सशक्त बनाऔँ” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा प्रविधिमैत्री सोच र आत्मनिर्भर बन्ने प्रेरणा जगाएको आयोजकको विश्वास छ।

Previous Post

तस्करीको समाचार लेखेको प्रतिशोधमा वीरगञ्जमा तीन पत्रकारमाथि ज्यानलेवा आक्रमण

Next Post

जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” अभियान सुरु, सडकमा आफैँ खटिए एसएसपी सुरेश काफ्ले

चराचर खबर

चराचर खबर

Next Post
जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” अभियान सुरु, सडकमा आफैँ खटिए एसएसपी सुरेश काफ्ले

जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ" अभियान सुरु, सडकमा आफैँ खटिए एसएसपी सुरेश काफ्ले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l