राष्ट्रसंघ महासभामा इरानी राष्ट्रपतिको सम्बोधन, भने– ‘इरानी जनता आतंकवादका पीडित हुन्’
न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका र इजरायलको आक्रमणको निन्दा गर्दै इरानी जनता आतंकवादका पीडित भएको दाबी गरेका छन्।
उनले इरानले आणविक हतियार नबनाउने तर शान्तिपूर्ण आणविक प्रविधि प्रयोग गर्ने अधिकार नत्याग्ने बताए। साथै प्यालेस्टाइनलाई बेवास्ता गरेर विश्व शान्तिको कुरा गर्न नसकिने उनको भनाइ थियो।
सम्बोधनका क्रममा अमेरिकी प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएको थियो।

