Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई सल्लाह

चराचर खबर by चराचर खबर
October 31, 2025
in समाचार
0
अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई सल्लाह

दाङको घोराही उपमहानगरपालिका(१८ स्थित अम्बापुरमा बेमौसमी बर्षातले ढालेको पाकेर भित्र्याउने बेला भएको किसानको धान बाली । तस्बिर : कुलदीप न्यौपाने / रासस

0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा बिस्तारै कम हुँदै गएको छ ।

हिजो र आज देशका विभिन्न ठाउँमा पानी परेकोमा भोलि शनिवारदेखि मौसममा सुधार आउने सम्भावना छ । तर अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको सल्लाह छ ।

केन्द्रले विशेष प्राविधिक सल्लाह बुलेटिनमार्फत पानी परेका क्षेत्रमा धानखेतमा पानी जमेको भए तत्कालै निकासको व्यवस्था मिलाउन अनुरोध गरेको छ । पाकेको धान भएको धानखेतसहित तरकारीबाली तथा फलफूल बगैँचामा पानी जमेको भए निकास गर्नु महत्त्वपूर्ण रहेको केन्द्रका प्रमुख डा. तुलसीप्रसाद पौडेलले बताउनुभयो । यसका लागि कुलेसो काट्न सकिन्छ ।

धानको पाँजो र बालालाई ओभानो गरी राख्न, नकाटेको धानलाई पानी पर्न रोकिएपछि ३/४ दिनपछि अर्थात् मौसमको अवस्था हेरेर सोमवार/मङ्गलवारदेखि मात्रै काट्न डा. पौडेलको आग्रह छ । अब पानी पर्न कम भए पनि खेतमा पानीको मात्रा धेरै या चिसोपना हुने हुँदा तत्कालै धान काट्ने हतारो नगर्न उहाँको सल्लाह छ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन निकाल्ने गरेको छ । कतिपय किसानले यसअघि नै धान भित्र्याइसकेका छन् । कतै कतै किसानको धानबालीमा अहिले परेको पानीले क्षति समेत पुर्‍याएको छ । कतिपयले काटेर सुकाएको धान पानीले भिजाएको छ । त्यस्तो धानलाई थप बिग्रन नदिन खेतको पानी बेलैमा कटाउन र पाँजालाई सुरक्षित गर्न विज्ञको सल्लाह छ ।

यो बेला तरकारीबाली, फलफूलमा विषादी छर्कने काम नगर्न, पशुचौपायाको दानालाई पनि ओभान गरी राख्न समेत विज्ञकाे सुझाव छ । यस्तै अबको हिउँदमा हुने खेतीबालीलाई अहिलेको वर्षा र हिमपातले सकारात्मक प्रभाव पार्ने अपेक्षा छ ।

Previous Post

महाधिवेशनको कार्यतालिका विवादले कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित

Next Post

भन्सार छलीको मल बरामद

चराचर खबर

चराचर खबर

Next Post
भन्सार छलीको मल बरामद

भन्सार छलीको मल बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l