मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलियाले पर्सा जिल्लाको भ्रमण गरी सुरक्षा व्यवस्था लगायत पर्सा जिल्लामा कार्यरत कार्यालय प्रमुखहरू तथा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्। उनले जिल्लामा साम्प्रदायिक, धार्मिक लगायत अन्य बिषयका बिषयमा सचेत तथा सतर्क रही आम नागरिकसंग सदभाव र भातृत्वपूर्ण सम्बन्धका साथ प्रहरी कर्मचारीहरूले कार्य सम्पादन गर्नुपर्ने र अवैध चोरी निकासी नियन्त्रण कार्यमा सक्रियताका साथ लाग्न निर्देशन दिएका छन्।

