Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

नेशनल मेडिकल कलेज द्वारा डीन प्रा.डा.र क्याम्पस प्रमुख सम्मानित

चराचर खबर by चराचर खबर
January 7, 2026
in Uncategorized, अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
नेशनल मेडिकल कलेज द्वारा डीन प्रा.डा.र क्याम्पस प्रमुख सम्मानित
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

*नेशनल मेडिकल कलेजद्वारा डीन प्रा.डा. मोहन राज शर्मा र क्याम्पस प्रमुख प्रा.डा. सुरेश उप्रेती सम्मानित*

*२०८२ असोज २३ गते, वीरगञ्ज*

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा इन्स्टिच्युट अफ मेडिसिन , त्रिभुवन विश्वविद्यालयका डीन प्रा.डा. मोहन राज शर्माको सम्मान तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यसै अवसरमा नेशनल मेडिकल कलेजभित्र नवनिर्मित कन्फरेन्स हलको औपचारिक उद्घाटन समेत गरिएको छ।

उक्त कार्यक्रममा महाराजगञ्ज मेडिकल क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सुरेश उप्रेती अतिथि सम्माननीयको रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रमको अध्यक्षता नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले गर्नुभएको थियो।

कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका व्यवस्थापकीय निर्देशक श्री शहनवाज अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ, एडमिसन तथा मार्केटिङ निर्देशक श्री अबिद हुसेन अन्सारी, कलेजका कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसिया, उपप्राचार्यहरू, विभागीय प्रमुखहरू, शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा प्रमुख अतिथि, अतिथि सम्माननीय र अध्यक्षद्वारा संयुक्त रूपमा पानस प्रज्वलनमार्फत गरिएको थियो। स्वागत मन्तव्य कलेजका कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसियाले व्यक्त गर्नुभएको थियो। यस अवसरमा वक्ताहरूले नेशनल मेडिकल कलेजले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो।

सम्मान कार्यक्रम अन्तर्गत प्रमुख अतिथि प्रा.डा. मोहन राज शर्मा तथा अतिथि सम्माननीय प्रा.डा. सुरेश उप्रेतीलाई दोसल्ला तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित अतिथिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक संस्थाबीचको सहकार्य तथा स्वास्थ्य सेवा सुधारका विषयमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको धन्यवाद ज्ञापन कलेजका उपप्राचार्य प्रा.डा. रवि शंकर गुप्ताले गर्नुभएको थियो भने समापन मन्तव्य अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले दिनुभएको थियो। यस कार्यक्रमले नेशनल मेडिकल कलेज र राष्ट्रियस्तरका शैक्षिक तथा स्वास्थ्य संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

Previous Post

डिआईजी गोबिन्द थपलिया पर्सा भ्रमणमा समाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रहरीलाई निर्देशन

Next Post

रास्वपा र राप्रपा अध्यक्ष बिच भेटवार्ता

चराचर खबर

चराचर खबर

Next Post
रास्वपा र राप्रपा अध्यक्ष बिच भेटवार्ता

रास्वपा र राप्रपा अध्यक्ष बिच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l