Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

इस्लामाबादमा आत्मघाती विस्फोट : ३१ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

चराचर खबर by चराचर खबर
February 6, 2026
in अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
इस्लामाबादमा आत्मघाती विस्फोट : ३१ जनाको मृत्यु, १५० भन्दा बढी घाइते
2
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

 

इस्लामाबादमा आत्मघाती विस्फोट : ३१ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

 

पाकिस्तानको राजधानी इस्लामाबादमा भएको भीषण विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार उक्त घटनामा १५० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दिएको जानकारीअनुसार इस्लामाबादको तरलाई क्षेत्रमा आत्मघाती बम आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। विस्फोटलगत्तै उद्धार टोलीले घाइतेहरूलाई नजिकका अस्पतालमा पुर्‍याएको थियो। स्थानीय अधिकारीहरूका अनुसार केही व्यक्तिलाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सहरका तीन प्रमुख अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरेको छ। सुरक्षाकर्मीहरूले घटनास्थललाई चारैतर्फबाट घेराबन्दी गरी विस्तृत अनुसन्धान अघि बढाएका छन्।

पाकिस्तानका गृहराज्यमन्त्री तलाल चौधरीले इस्लामाबादस्थित पिम्स अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। त्यस्तै, प्रधानमन्त्री शहबाज शरिफले घटनाको कडा निन्दा गर्दै दोषीहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएका छन्।

यस घटनापछि इस्लामाबादसहित आसपासका क्षेत्रमा सुरक्षा सतर्कता थप कडा पारिएको छ।

Previous Post

चुनावी प्रचार तीव्र: सम्पर्क कार्यालय उद्घाटनसँगै रुङ्गटाको मत माग्ने शैलीमाथि प्रश्न

Next Post

दाइजोविरुद्ध उदाहरणीय कदम – प्रियंका दासद्वारा भाइको विवाह बिना दहेज सम्पन्न

चराचर खबर

चराचर खबर

Next Post
दाइजोविरुद्ध उदाहरणीय कदम – प्रियंका दासद्वारा भाइको विवाह बिना दहेज सम्पन्न

दाइजोविरुद्ध उदाहरणीय कदम – प्रियंका दासद्वारा भाइको विवाह बिना दहेज सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l