Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

जसपा उम्मेदवार अशोक टेमानीको बढ्दो सक्रियता, आलोचनासँगै चासो पनि उस्तै

चराचर खबर by चराचर खबर
February 7, 2026
in मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
जसपा उम्मेदवार अशोक टेमानीको बढ्दो सक्रियता, आलोचनासँगै चासो पनि उस्तै
1
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

 

जसपा उम्मेदवार अशोक टेमानीको बढ्दो सक्रियता, आलोचनासँगै चासो पनि उस्तै

वीरगंज – पर्सा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानी चुनावी मैदानमा तीव्र रूपमा सक्रिय देखिएका छन्। व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका टेमानीको गतिविधि बढ्दै जाँदा उनको भूमिकालाई लिएर विभिन्न कोणबाट चर्चा र टिप्पणी हुन थालेका हुन्।

चुनावको मिति नजिकिँदै जाँदा टेमानी मतदाता भेटघाट, घरदैलो अभियान र चुनावी कार्यक्रममा व्यस्त छन्। स्थानीय तहमा आफ्नो पहुँच र प्रभाव विस्तार गर्ने प्रयासमा उनी निरन्तर जनतासँग संवाद गरिरहेका छन्।

तर, उनको यो सक्रियतालाई सबैले सकारात्मक रूपमा मात्र हेरेका छैनन्। केही राजनीतिक विश्लेषक तथा स्थानीयले टेमानीको राजनीतिक यात्रा जनताको सेवाभन्दा बढी व्यक्तिगत तथा व्यापारिक स्वार्थसँग प्रेरित रहेको आरोप लगाउन थालेका छन्।

आलोचकहरूको भनाइ छ कि लामो समय व्यापार क्षेत्रमा संलग्न रहेका टेमानी अहिले राजनीतिक शक्ति प्रयोग गरेर आफ्नो व्यावसायिक प्रभाव अझ बलियो बनाउन खोजिरहेका छन्। यद्यपि, उनका समर्थकहरूले भने उनी सक्षम, अनुभवी र विकासप्रेमी उम्मेदवार भएको दाबी गर्दै आएका छन्।

पर्सा–२ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेको अवस्थामा टेमानीको भूमिका र आगामी दिनका गतिविधि कस्तो रहनेछ भन्ने विषयलाई मतदाताले नजिकबाट नियालिरहेका छन्।

Previous Post

रास्वपाको रोजाइमा सुशील साह कानु – चासो र प्रश्न किन?

Next Post

पर्सा–१ मा जाबेद एकबाल हैदरको युवासँग संवाद : “परिवर्तनको नेतृत्व युवा पुस्ताबाट”

चराचर खबर

चराचर खबर

Next Post
पर्सा–१ मा जाबेद एकबाल हैदरको युवासँग संवाद : “परिवर्तनको नेतृत्व युवा पुस्ताबाट”

पर्सा–१ मा जाबेद एकबाल हैदरको युवासँग संवाद : “परिवर्तनको नेतृत्व युवा पुस्ताबाट”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l