पर्सा–१ मा जाबेद एकबाल हैदरको युवासँग संवाद : “परिवर्तनको नेतृत्व युवा पुस्ताबाट”
वीरगन्ज – पिपुल फर्स्ट पार्टी पर्सा क्षेत्र नम्बर १ का साझा उम्मेदवार जाबेद एकबाल हैदरले वडा नम्बर १४ का युवाहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ। चुनावी घरदैलो कार्यक्रमअन्तर्गत आयोजित उक्त भेटमा विशेषगरी Gen-Z पुस्ताका ऊर्जावान युवाहरू सहभागी थिए।
अन्तरक्रियाका क्रममा युवाहरूले आफ्नो भोगाइ, समसामयिक समस्या तथा क्षेत्रको विकासका सम्भावनाबारे खुलेर धारणा राखेका थिए। रोजगारी, शिक्षा, खेलकुद तथा प्रविधि विकासजस्ता विषयमा युवाहरूले नयाँ सोच र सुझाव प्रस्तुत गरेका थिए।
युवाहरूको कुरा ध्यानपूर्वक सुन्दै उम्मेदवार हैदरले आफू युवाकेन्द्रित नीति निर्माणमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “तपाईंहरूको आवाज नै मेरो कार्ययोजनाको आधार हुनेछ। परिवर्तनको वास्तविक संवाहक युवा नै हुन्।”
घरदैलो अभियानसँगै भएको यो छलफलले युवापुस्तामा उत्साह थपेछ।

