पर्सा–१ मा हैदरको दमदार घरदैलो: “कुर्सी होइन, अधिकार र विकासका लागि राजनीति”
वीरगञ्ज — पर्सा क्षेत्र नं. १ का उम्मेदवार तथा People First Party (पिपुल फस्ट पार्टी) का नेता जावेद एकबाल हैदर ले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा भव्य घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक स्वागत गर्दै आफ्ना गुनासा र अपेक्षाहरू प्रत्यक्ष रूपमा राखेका थिए। “तपाईँले जितेपछि हामी जनताका लागि के गर्नुहुन्छ?” भन्ने प्रश्नको जवाफमा हैदरले स्पष्ट प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “मेरो राजनीति कुर्सीका लागि होइन, तपाईँहरूको अधिकार र क्षेत्रको विकासका लागि हो। शिक्षा, स्वास्थ्य र रोजगारी मेरो पहिलो प्राथमिकता रहनेछ। म बोलेर होइन, काम गरेर देखाउनेछु।”
हैदरको स्पष्ट भिजन र इमानदार अभिव्यक्तिले वडा नं. २० का मतदातामा सकारात्मक सन्देश गएको बताइएको छ। स्थानीयहरूका अनुसार, विकास र अधिकारको एजेन्डा लिएर अगाडि बढेको नेतृत्व अहिलेको आवश्यकता हो।
पर्सा–१ मा चुनावी माहोल तातिँदै जाँदा “अबको विकल्प, पिपुल फस्ट पार्टी” भन्ने नारासहित हैदरको अभियान तीव्र बन्दै गएको देखिएको

