Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्य खेम कुमारी भुर्तेलको राजीनामा

चराचर खबर by चराचर खबर
February 18, 2026
in राजनीति, समाचार, समाज
0
राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्य खेम कुमारी भुर्तेलको राजीनामा
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्य खेम कुमारी भुर्तेलको राजीनामा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन्।

मिति २०८२/११/६ मा केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै उनले पार्टीभित्र विधि–विधान विपरीत गतिविधि बढेको, चाप्लुसीवाद र आर्थिक प्रभाव हावी भएको आरोप लगाएकी छन्।

२०७९ सालको प्रत्यक्षतर्फ मधेश प्रदेशकी एक्लो महिला उम्मेदवार रहेको उल्लेख गर्दै भुर्तेलले आफूले योग्यता, क्षमता र समय समर्पण गर्दै निस्वार्थ योगदान दिएको दाबी गरेकी छन्। तर सक्षम महिला तथा युवालाई नारामै सीमित राखिएको, जिम्मेवारी दिने ठाउँमा बेवास्ता गरिएको र पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित भएको उनको आरोप छ।

उनले आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धी पार्टीको कार्यशैली स्थापना कालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको अनुभव गरेको जनाएकी छन्।

पार्टी संकटमा पर्दा आफूले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले पार्टीभित्रका गतिविधिको साक्षी बसेर मौन रहन नसक्ने भन्दै आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको घोषणा गरेकी छन्।

राजीनामाको अन्त्यमा उनले पार्टीले दिएको अवसर र चुनौतीका लागि आभार व्यक्त गरेकी छन्।

Previous Post

पर्सा–१ मा हैदरको दमदार घरदैलो: “कुर्सी होइन, अधिकार र विकासका लागि राजनीति”

Next Post

तेढा गाउँमा उज्यालो नेपालको घरदैलो: विकास र रोजगारी प्राथमिक एजेन्डा

चराचर खबर

चराचर खबर

Next Post
तेढा गाउँमा उज्यालो नेपालको घरदैलो: विकास र रोजगारी प्राथमिक एजेन्डा

तेढा गाउँमा उज्यालो नेपालको घरदैलो: विकास र रोजगारी प्राथमिक एजेन्डा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l