पर्सा–१ मा प्रदीप यादवको ह्याट्रिक दाउ, एमालेबाट फेरि उम्मेदवार
पर्सा – प्रदीप यादव पर्सा निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। ५० वर्षीय यादव लगातार तेस्रो पटक जित निकाल्ने रणनीतिसहित चुनावी मैदानमा उत्रिएका हुन्।
यसअघि स्वास्थ्य तथा जनसंख्या, खानेपानी तथा वन तथा वातावरण मन्त्रालय सम्हालिसकेका यादव अनुभवी राजनीतिज्ञका रूपमा चिनिन्छन्।
२०७९ सालको निर्वाचनमा उनले २२ हजार ५३७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी अजयकुमार द्विवेदीले २० हजार ९१७ मत ल्याएका थिए। त्यस्तै, २०७४ सालमा यादवले २१ हजार १३२ मतसहित नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रुंगटालाई पराजित गरेका थिए।
पर्सा–१ बाट निरन्तर विजयी हुँदै आएका यादव एमाले प्रवेशपछि पुनः सोही क्षेत्रबाट उम्मेदवार बनेसँगै चुनावी प्रतिस्पर्धा चर्किएको छ।

