Sunday, September 13, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

कुम्हालटोलमा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चराचर खबर by चराचर खबर
May 8, 2026
in समाचार, समाज, सम–सामयिक, सरोकार
0
कुम्हालटोलमा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

कुम्हालटोलमा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगञ्ज, २५ वैशाख

“हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ५ स्थित कुम्हालटोलमा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोल र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरीको अध्यक्षता तथा वडा अध्यक्ष प्रदीप चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा समुदाय–प्रहरी सहकार्य, ट्राफिक व्यवस्थापन, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा सार्वजनिक सुरक्षाका विषयमा छलफल गरिएको थियो।

मुनलाईट स्कुलका विद्यार्थी तथा स्थानीयवासीले उठाएका जिज्ञासाको प्रहरी अधिकारीहरूले व्यवहारिक जवाफ दिएका थिए। वक्ताहरूले समाजमा शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीबीचको सहकार्य आवश्यक रहेको बताएका थिए।

Previous Post

गण्डक चोक मा ‘लापसे’ चेकजाँच, दुई चालक कारबाहीमा

Next Post

वीरगञ्ज भन्सार गेटमा लागूऔषधसहित दुई पक्राउ

चराचर खबर

चराचर खबर

Next Post
वीरगञ्ज भन्सार गेटमा लागूऔषधसहित दुई पक्राउ

वीरगञ्ज भन्सार गेटमा लागूऔषधसहित दुई पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l