Sunday, August 2, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगन्जको श्री बौद्धिमाई मन्दिरमा विशेष साधारण सभा तथा अधिवेशन जेठ २ गते

चराचर खबर by चराचर खबर
May 15, 2026
in समाचार, समाज, सम–सामयिक
0
वीरगन्जको श्री बौद्धिमाई मन्दिरमा विशेष साधारण सभा तथा अधिवेशन जेठ २ गते
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जको श्री बौद्धिमाई मन्दिरमा विशेष साधारण सभा तथा अधिवेशन जेठ २ गते

वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको श्री बौद्धिमाई मन्दिर परिसरमा आगामी जेठ २ गते शनिबार विशेष साधारण सभा तथा अधिवेशन हुने भएको छ।

श्री बौद्धिमाई क्षेत्र विकास सञ्चालन समितिले संस्थाको संस्थागत सुदृढीकरण, पारदर्शी व्यवस्थापन तथा नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित अधिवेशन आह्वान गरेको हो। समितिका अनुसार अधिवेशन बिहान ७ बजे मन्दिर परिसरमै सुरु हुनेछ।

अधिवेशनको मुख्य कार्यसूचीमा अघिल्लो कार्यकालको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने, नयाँ कार्यसमिति चयन गर्ने तथा मन्दिरको धार्मिक, सांस्कृतिक र भौतिक विकाससँग सम्बन्धित विषयमा विस्तृत छलफल गर्ने रहेको छ।

समितिले श्री बौद्धिमाई मन्दिरलाई केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई वीरगन्ज क्षेत्रकै ऐतिहासिक तथा सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहरका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ। साथै, मन्दिरलाई व्यवस्थित, आकर्षक तथा धार्मिक पर्यटनको केन्द्रका रूपमा अघि बढाउने दीर्घकालीन योजनामा पनि छलफल हुने बताइएको छ।

मन्दिरको आर्थिक पारदर्शिता, संरचनागत सुधार, भक्तजन सुविधामा वृद्धि तथा धार्मिक गतिविधिलाई व्यवस्थित बनाउने विषयलाई समेत अधिवेशनले प्राथमिकतामा राख्ने जनाइएको छ। कार्यक्रममा समितिका पदाधिकारी, आजीवन सदस्य, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

स्थानीयवासीका अनुसार श्री बौद्धिमाई मन्दिर वीरगन्जकै पुरानो धार्मिक स्थलमध्ये एक हो, जहाँ विशेष पर्व तथा अवसरहरूमा ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने गर्दछ। पछिल्ला वर्षहरूमा मन्दिर परिसरको सौन्दर्यीकरण तथा व्यवस्थापनमा समेत सुधारका काम हुँदै आएका छन्।

Previous Post

लुम्बिनी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भइन् नैना चौधरी

Next Post

बिपिएस +2 कलेजमा कक्षा १२ का विद्यार्थीलाई भव्य बिदाई, एसएसपी कोईरालाको प्रेरणादायी सम्बोधन

चराचर खबर

चराचर खबर

Next Post
बिपिएस +2 कलेजमा कक्षा १२ का विद्यार्थीलाई भव्य बिदाई, एसएसपी कोईरालाको प्रेरणादायी सम्बोधन

बिपिएस +2 कलेजमा कक्षा १२ का विद्यार्थीलाई भव्य बिदाई, एसएसपी कोईरालाको प्रेरणादायी सम्बोधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l