क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभा सम्पन्न, आनन्द पटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन
वीरगञ्ज, ०२ जेठ — क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गोकर्ण डाँगीले युवा पत्रकारहरूको भूमिका लोकतन्त्र सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले वर्तमान अवस्थामा पत्रकारिता क्षेत्र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सत्य, निष्पक्षता र जनउत्तरदायी पत्रकारितामा जोड दिन आग्रह गरे।
कार्यक्रम मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सुवोध गुप्ता, केसी लामिछाने, श्याम बञ्जारा, दीपक शाक्य, नीरज पिठाकोटे, मनोज पटेल, राजेन्द्र प्रसाद कोईराला, हरि गौतम र अशोक वैद लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभापछि सम्पन्न बन्दसत्रले निवर्तमान उपाध्यक्ष आनन्द पटेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ। नवगठित कार्यसमितिले पत्रकारहरूको हकहित संरक्षण, क्षमता विकास तथा व्यावसायिक पत्रकारिताको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

