हिन्दु संघसंस्थाद्वारा विजय प्रकाश निषादको बिना शर्त रिहाइको माग
बिरगञ्ज, ०५ जेठ
नेपाल विश्व हिन्दु महासंघ लगायत विभिन्न हिन्दु संघसंस्थाले हिन्दु नेता विजय प्रकाश निषाद को गिरफ्तारीप्रति आपत्ति जनाउँदै तत्काल बिना शर्त रिहाइको माग गरेका छन्।
राष्ट्रीय समता पार्टी नेपाल, राष्ट्रीय एकता दल तथा अन्तर्राष्ट्रिय हिन्दू परिषद राष्ट्रिय बजरंग दल नेपाल ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै गिरफ्तारीलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्। संस्थाहरूले लोकतान्त्रिक अधिकारको सम्मान गर्न तथा निषादलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

