Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

विश्व हिन्दू परिषद्बाट हिन्दू पत्रकार संघलाई ३० ज्याकेट सहयोग, पत्रकार दीपक चौरसिया संघमा आबद्ध

चराचर खबर by चराचर खबर
May 23, 2026
in समाचार, समाज
0
विश्व हिन्दू परिषद्बाट हिन्दू पत्रकार संघलाई ३० ज्याकेट सहयोग, पत्रकार दीपक चौरसिया संघमा आबद्ध
3
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

विश्व हिन्दू परिषद्बाट हिन्दू पत्रकार संघलाई ३० ज्याकेट सहयोग, पत्रकार दीपक चौरसिया संघमा आबद्ध

वीरगञ्ज, जेठ ९

विश्व हिन्दू परिषद् नेपालले वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच नेपाल हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण गरेको छ। माईस्थानस्थित अतिथि सदनको सभाहलमा सम्पन्न कार्यक्रममा परिषद्का वीरगञ्ज महानगर अध्यक्ष ज्योति रुङ्गटाले संघका अध्यक्ष राजन रौनियारलाई ज्याकेट हस्तान्तरण गर्नुभएको हो।

सो अवसरमा संघमा आबद्ध पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई समेत ज्याकेट प्रदान गरिएको थियो। कार्यक्रममा लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दीपक चौरसियालाई पनि नेपाल हिन्दू पत्रकार संघमा औपचारिक रूपमा आबद्ध गराइएको छ। संघका अध्यक्ष राजन रौनियार र सचिव राज सराफले उनलाई प्रेस ज्याकेट लगाइदिँदै स्वागत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै परिषद्का अध्यक्ष ज्योति रुङ्गटाले पत्रकारहरूको सुरक्षा, सहजता र पहिचानलाई ध्यानमा राख्दै सहयोग गरिएको बताउनुभयो। उहाँले समाज परिवर्तनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, संघका अध्यक्ष राजन रौनियारले परिषद्को सहयोगप्रति आभार व्यक्त गर्दै ज्याकेटले पत्रकारहरूको पहिचान र जिम्मेवारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, पत्रकार दीपक चौरसियाको आगमनले संगठन थप सशक्त बनेको उहाँको भनाइ थियो।

राजन रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राज सराफले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Previous Post

हिन्दु संघसंस्थाद्वारा विजय प्रकाश निषादको बिना शर्त रिहाइको माग

Next Post

मधेश प्रदेशमा पर्सा प्रहरी उत्कृष्ट घोषित, एसपी सुदीप राज पाठक सम्मानित

चराचर खबर

चराचर खबर

Next Post
मधेश प्रदेशमा पर्सा प्रहरी उत्कृष्ट घोषित, एसपी सुदीप राज पाठक सम्मानित

मधेश प्रदेशमा पर्सा प्रहरी उत्कृष्ट घोषित, एसपी सुदीप राज पाठक सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l