मधेश प्रदेशमा पर्सा प्रहरी उत्कृष्ट घोषित, एसपी सुदीप राज पाठक सम्मानित
वीरगञ्ज, १० जेठ
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत वैशाख महिनाको कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशभरका जिल्ला प्रहरी कार्यालयमध्ये सुदीप राज पाठक नेतृत्वको जिल्ला प्रहरी कार्यालय पर्सा “सर्वोत्कृष्ट” घोषित भएको छ। उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख गोविन्द थपलिया ले एसपी पाठकलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेका हुन्।
शान्ति सुरक्षा, अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गरेकाले पर्सा प्रहरीले उक्त सम्मान प्राप्त गरेको जनाइएको छ।
सम्मानपछि एसपी पाठकले पर्सावासी नागरिक, प्रहरी कर्मचारी तथा सरोकारवालाको सहकार्यकै कारण सफलता हासिल भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

