Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

माउन्ट मकालु स्कूलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

चराचर खबर by चराचर खबर
May 24, 2026
in समाचार
0
माउन्ट मकालु स्कूलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

माउन्ट मकालु स्कूलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

वीरगञ्ज, १० जेठ

वीरगञ्ज महानगरपालिका–१० अशोक वाटिकास्थित Mount Makalu Secondary School को आयोजनामा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित उक्त शिविरमा विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

शिविर Birgunj Community Eye Center तथा Tilganga Eye Hospital को प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रममा अनुभवी अप्टोमेट्रिस्ट प्रभात चौधरीले सहभागीहरूको आँखा परीक्षण गरेका थिए भने श्रीती चौधरी र ओमप्रकाश चौधरीले सहजीकरण तथा व्यवस्थापनमा सहयोग गरेका थिए।

शिविर अन्तर्गत सेवाग्राहीहरूलाई निःशुल्क पूर्ण आँखा परीक्षण सेवा प्रदान गरिएको थियो। साथै, चस्मा खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्। मोतियाबिन्दु सम्बन्धी समस्या भएका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइने समेत जनाइएको छ।

विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तवका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यालय समुदायमा आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै आँखा सम्बन्धी समस्याको पहिचान गर्नु रहेको हो। उनले यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमले विद्यार्थी र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।

विद्यालय प्रशासनले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Previous Post

मधेश प्रदेशमा पर्सा प्रहरी उत्कृष्ट घोषित, एसपी सुदीप राज पाठक सम्मानित

Next Post

श्राद्ध कार्यका लागि पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग

चराचर खबर

चराचर खबर

Next Post
श्राद्ध कार्यका लागि पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग

श्राद्ध कार्यका लागि पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l