Wednesday, June 17, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन सम्पन्न, असार ७ गते निर्वाचन हुने

चराचर खबर by चराचर खबर
June 16, 2026
in विश्व, समाचार, समाज
0
जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन सम्पन्न, असार ७ गते निर्वाचन हुने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन सम्पन्न, असार ७ गते निर्वाचन हुने
जीतपुरसिमरा, असार २ — जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन तथा वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उद्योगी–व्यवसायी, सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका नेता, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनका क्रममा संघद्वारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो भने अध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो। बन्दसत्रमा उद्योग तथा व्यवसाय क्षेत्रका चुनौती, लगानीमैत्री वातावरण निर्माण, व्यवसायिक समस्या तथा निजी क्षेत्रका सरोकारका विषयमा व्यापक छलफल भएको थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख, विभिन्न तहका उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका नेता, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा संघले अधिवेशन सफल बनाउन सहयोग पुर्‍याउने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ। साथै स्मारिकामा शुभकामना सन्देश प्रदान गर्ने मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी लगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरिएको छ।
अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै आगामी नेतृत्व चयनको जिम्मेवारी निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छ। निर्वाचन अधिकृत अधिवक्ता शरदचन्द्र भट्टराईका अनुसार असार ७ गते निर्वाचन तथा असार ११ गते नवनिर्वाचित पदाधिकारीहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिनेछ।
समापन समारोहमा अध्यक्ष मोहन शर्माले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य तथा उद्योगी–व्यवसायीप्रति आभार व्यक्त गर्दै संघको निरन्तर प्रगतिका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
उनले “जय उद्योग, जय व्यापार, जय पर्यटन” नारालाई आत्मसात गर्दै उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा संघ सधैं प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।

Previous Post

रास्वपाको किल्ला निर्माणमा तुलसा पौडेल अधिकारीको भूमिका, पर्सा संगठनमा बढ्दो प्रभाव

Next Post

म्यामोग्राफी खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रसहित ८ जना निर्दोष ठहर

चराचर खबर

चराचर खबर

Next Post
म्यामोग्राफी खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रसहित ८ जना निर्दोष ठहर

म्यामोग्राफी खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रसहित ८ जना निर्दोष ठहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l