म्यामोग्राफी खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रसहित ८ जना निर्दोष ठहर
काठमाडौँ — म्यामोग्राफी मेसिन खरिद प्रकरणमा विशेष अदालतले पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ दिएको छ। अदालतले खरिद प्रक्रियामा उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि हुन नसकेको ठहर गर्दै आरोपबाट मुक्त गरेको हो।
सफाइ पाउनेहरू:
डा. संगीता मिश्र
विवेक कुमार लाल
भुवन प्रसाद काफ्ले
दीपक अधिकारी
यादव प्रसाद देवकोटा
शम्भु प्रसाद ढकाल
सीता घिमिरे
तिलकराम ढकाल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिदमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरेको थियो। तर, विशेष अदालतले पर्याप्त प्रमाण नदेखिएको भन्दै सबैलाई सफाइ दिएको छ।

