Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगञ्जमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन डोजाङ च्याम्पियन

चराचर खबर by चराचर खबर
June 28, 2026
in खेलकुद, समाचार
0
वीरगञ्जमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन डोजाङ च्याम्पियन
5
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन डोजाङ च्याम्पियन

वीरगञ्ज, असार १३ — वीरगञ्जमा आयोजित प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सफल तेक्वान्दो डोजाङले डायमण्ड पार्टी प्यालेसमा प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगितामा जिल्लाका विभिन्न तेक्वान्दो डोजाङका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। समग्रतर्फ ७ स्वर्ण, ३ रजत र ६ कांस्य पदक जित्दै सनसाइन तेक्वान्दो डोजाङ प्रथम बन्न सफल भयो। ५ स्वर्ण, ८ रजत र ८ कांस्यसहित नगुवा तेक्वान्दो डोजाङ दोस्रो तथा आयोजक सफल तेक्वान्दो डोजाङ ३ स्वर्ण, ४ रजत र ३ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो।

विजेता खेलाडी तथा टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा पूर्व खानेपानी मन्त्री ओमप्रकाश शर्मा प्रमुख अतिथि, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक पटेल विशिष्ट अतिथि तथा पूर्व खेलाडी दीपक तिवारी, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, आम जनता पार्टीका विश्वराज पटेल, प्रशिक्षक, खेलाडी र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिताले तेक्वान्दो खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूमा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Previous Post

थारु पत्रकार संघ पर्सामा नयाँ नेतृत्व: पुनम चौधरी अध्यक्ष, अर्जुन चौधरी सचिव चयन

Next Post

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै प्रहरी कार्यालयमा पहुँच खोज्ने युवक पक्राउ

चराचर खबर

चराचर खबर

Next Post
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै प्रहरी कार्यालयमा पहुँच खोज्ने युवक पक्राउ

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै प्रहरी कार्यालयमा पहुँच खोज्ने युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l