गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै प्रहरी कार्यालयमा पहुँच खोज्ने युवक पक्राउ
काठमाडौं, असार १४। आफू गृह मन्त्रालयको उच्च अधिकारी भएको झुटो परिचय दिँदै प्रहरी कार्यालयहरूमा अनधिकृत पहुँच बनाउन खोज्ने ३० वर्षीय आदित्य सिंह पक्राउ परेका छन्। कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ परेका सिंहले विभिन्न प्रहरी कार्यालयमा दबाब सिर्जना गर्ने र पहुँच जमाउने प्रयास गरेको आरोप छ। उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिई सरकारी ओहोदाको दुरुपयोग तथा भ्रम फैलाएको आरोपमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

