Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

बर्दियामा ३२ लाखभन्दा बढीका अवैध सामानसहित मिनी ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

चराचर खबर by चराचर खबर
July 10, 2026
in समाचार
0
बर्दियामा ३२ लाखभन्दा बढीका अवैध सामानसहित मिनी ट्रक नियन्त्रणमा, दुई जना पक्राउ
2
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बर्दियामा ३२ लाखभन्दा बढीका अवैध सामानसहित मिनी ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

बर्दिया, असार २४ — बर्दियाको मधुवन नगरपालिका–४ क्षेत्रमा प्रहरीले भन्सार छली गरी ल्याइएका करिब रु. ३२ लाख ६३ हजार ६ सय बराबरका विभिन्न सामानसहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक शैलेन्द्र खड्काको नेतृत्वमा नियमित सवारी जाँचका क्रममा कैलालीबाट तारातालतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ क १९९१ नम्बरको मिनी ट्रकमा खानतलासी गर्दा ठूलो परिमाणमा भन्सार प्रक्रिया पूरा नगरिएका फेन्सी कपडा तथा अन्य सामग्री फेला परेको थियो।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–११ का ४४ वर्षीय चुनु राम चौधरी र टिकापुर नगरपालिका–१ का ३० वर्षीय अजय चौधरी रहेका छन्।

बरामद सामानमा टिसर्ट, अन्डरवेयर, रेनकोट, जिन्स, ट्राउजर, स्पोर्ट्स पाइन्ट, टोपी, छाता, बेल्ट, खादा, विन्डचिटर र टावललगायतका सामग्री रहेका छन्। बरामद सामान र मिनी ट्रकको अनुमानित मूल्य रु. ३२ लाख ६३ हजार ६ सय रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै व्यक्ति, बरामद सामान तथा सवारी साधनलाई आवश्यक अनुसन्धान र थप कानुनी कारबाहीका लागि भन्सार कार्यालय, गुलरिया पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। साथै सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसारविरुद्ध निगरानी अझ कडा बनाइने पनि प्रहरीले स्पष्ट पारेको छ।

Previous Post

बिरगञ्ज पब्लिक कलेजमा शिक्षक सशक्तीकरण अभियान, चारदिने क्षमता अभिवृद्धि तालिमको शुभारम्भ

Next Post

पत्रकारलाई गाली गरेको आरोपमा आदर्श मिश्रविरुद्ध उजुरी, कानुनी कारबाहीको माग

चराचर खबर

चराचर खबर

Next Post
पत्रकारलाई गाली गरेको आरोपमा आदर्श मिश्रविरुद्ध उजुरी, कानुनी कारबाहीको माग

पत्रकारलाई गाली गरेको आरोपमा आदर्श मिश्रविरुद्ध उजुरी, कानुनी कारबाहीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l