पत्रकारलाई गाली गरेको आरोपमा आदर्श मिश्रविरुद्ध उजुरी, कानुनी कारबाहीको माग
बीरगञ्ज, असार २६।
भिडियोमार्फत पत्रकारहरूलाई गालीगलौज गरेको आरोप लागेका कथित कमेडियन आदर्श मिश्रविरुद्ध नेपाल पत्रकार महासंघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको छ।
महासंघले पत्रकारितामाथि अपमानजनक अभिव्यक्ति दिएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका प्रतिनिधिले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकलाई निवेदन बुझाउँदै कानुनी राज्यमा यस्ता उच्छृङ्खल र अमर्यादित गतिविधिमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।
महासंघले पत्रकारको सम्मान, प्रेस स्वतन्त्रता र मर्यादामाथि आघात पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

