Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगञ्जमा भोलि गहवामाईको चौथो विशाल रथयात्रा, आस्था नेपालद्वारा प्रसाद वितरण

चराचर खबर by चराचर खबर
July 15, 2026
in समाचार
0
वीरगञ्जमा भोलि गहवामाईको चौथो विशाल रथयात्रा, आस्था नेपालद्वारा प्रसाद वितरण
2
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जमा भोलि गहवामाईको चौथो विशाल रथयात्रा, आस्था नेपालद्वारा प्रसाद वितरण
वीरगञ्ज, पर्सा। वीरगञ्जको ऐतिहासिक तथा प्रसिद्ध गहवामाई मन्दिरबाट भोलि असार ३२ गते (बिहीबार) बिहान ७ बजेदेखि चौथो विशाल रथयात्रा आयोजना हुँदैछ। धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश बोकेको यस रथयात्रामा हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
रथयात्रा वीरगञ्जका विभिन्न मुख्य सडक हुँदै नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ। आयोजकले सम्पूर्ण भक्तजनलाई परिवार, आफन्त तथा साथीभाइसँग रथयात्रामा सहभागी भई धार्मिक सहिष्णुता, एकता र सद्भावलाई थप मजबुत बनाउन आग्रह गरेको छ।
यसैबीच, सामाजिक संस्था आस्था नेपाल ले रथयात्रामा सहभागी हुने श्रद्धालुहरूका लागि आदर्शनगर चोकमा निःशुल्क प्रसाद वितरण गर्ने जनाएको छ। संस्थाले भक्तजनलाई प्रसाद ग्रहण गर्न तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ।
गहवामाईको रथयात्रा वीरगञ्जको प्रमुख धार्मिक पर्वमध्ये एक मानिन्छ, जसले हरेक वर्ष ठूलो संख्यामा श्रद्धालु तथा दर्शनार्थीलाई आकर्षित गर्दै आएको छ।

Previous Post

रौतहटमा युवकले गरे आत्मदाहको प्रयास, थप उपचारका लागि काठमाडौं रिफर

Next Post

धनगढीमा आत्मदाह प्रयास दुखद अन्त्यमा : ६०% शरीर जलेका युवकको उपचारका क्रममा बाटोमै मृत्यु

चराचर खबर

चराचर खबर

Next Post
धनगढीमा आत्मदाह प्रयास दुखद अन्त्यमा : ६०% शरीर जलेका युवकको उपचारका क्रममा बाटोमै मृत्यु

धनगढीमा आत्मदाह प्रयास दुखद अन्त्यमा : ६०% शरीर जलेका युवकको उपचारका क्रममा बाटोमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l