धनगढीमा आत्मदाह प्रयास दुखद अन्त्यमा : ६०% शरीर जलेका युवकको उपचारका क्रममा बाटोमै मृत्यु
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरीको आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार साँझ घरमै आत्मदाहको प्रयास गरेका चौधरीलाई परिवारले तत्काल सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। उनको शरीरको करिब ६० प्रतिशत भाग जलेपछि थप उपचारका लागि रिफर गरिएको थियो। काठमाडौं लैजाँदै गर्दा आइतबार राति एम्बुलेन्समै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

