सेढवा बर्थिङ सेन्टरमा सरसफाइ कार्यक्रम आयोजना, गुणस्तरीय मातृ स्वास्थ्य सेवामा जोड
वीरगञ्ज। वान हर्ट वर्ल्ड वाइडको सहयोग तथा दिव्य विकास केन्द्रको सहकार्यमा सेढवा बर्थिङ सेन्टरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा स्वास्थ्य संस्थाका कर्मचारी, स्वास्थ्य सखा, स्वास्थ्य संस्थाको व्यवस्थापन समिति तथा विभिन्न सहयोगी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले स्वास्थ्य संस्थालाई स्वच्छ, सुरक्षित र सेवामैत्री बनाउन सरसफाइको महत्त्वबारे जोड दिएका थिए।
कार्यक्रमका आयोजकका अनुसार नियमित सरसफाइ र स्वच्छ वातावरणले गर्भवती तथा सुत्केरी महिलालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, सरसफाइका माध्यमबाट विभिन्न रोग तथा संक्रमणको जोखिम न्यूनीकरण गर्न समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।
उपेन्द्र कुमार सिंह
जिल्ला संयोजक
वान हर्ट वर्ल्ड वाइड
