पर्सामा डीएसपी राजु कार्कीको कडा चेतावनी : सेवाग्राहीसँग पैसा मागे प्रहरीमाथि कारबाही
प्रहरीको जुनसुकै पदमा रहे पनि सेवाग्राहीसँग पैसा वा अनुचित लाभ मागेको, पीडितको काममा ढिलासुस्ती गरेको वा गुनासो बेवास्ता गरेको पाइए कडा कारबाही गरिने डीएसपी राजु कार्कीले स्पष्ट चेतावनी दिएका छन्।
प्रहरी कर्मचारीले जनताको सेवक बनेर निष्पक्ष, स्वच्छ र इमानदारीपूर्वक काम गर्नुपर्ने भन्दै उनले पीडितको गुनासो तत्काल सुन्न, समस्या समाधानमा सक्रिय हुन र पीडितलाई न्याय दिलाउने गरी जिम्मेवारी पूरा गर्न कडा निर्देशन दिएका छन्।

