झापा एसपी बसुन्धरा खड्काद्वारा बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान
झापामा प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसुन्धरा खड्काले बढुवा भएका प्रहरी वरिष्ठ हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै बधाई तथा शुभकामना दिइन्। साथै, थप जिम्मेवारीलाई इमानदारी र उत्कृष्ट ढंगले निर्वाह गर्न निर्देशन दिइन्।
कार्यक्रममा डीएसपी रञ्जन अवा, प्रहरी निरीक्षक तथा विभिन्न दर्जाका प्रहरी कर्मचारीको उपस्थिति थियो।

