Saturday, September 12, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

आन्दोलनमा घाइते आनन्द दासको काठमाडौंमा उपचार जारी, स्वास्थ्यमा सुधार

चराचर खबर by चराचर खबर
August 8, 2026
in समाचार
0
आन्दोलनमा घाइते आनन्द दासको काठमाडौंमा उपचार जारी, स्वास्थ्यमा सुधार
1
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

आन्दोलनमा घाइते आनन्द दासको काठमाडौंमा उपचार जारी, स्वास्थ्यमा सुधार

जनकपुरधाम । दुई समुदायबीचको तनावपछि चर्किएको आन्दोलनका क्रममा जनकपुरधाम–८ मा भएको झडपमा गम्भीर घाइते भएका आनन्द कुमार दासको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी छ।

टाउकोमा गम्भीर चोट लागेपछि दासलाई प्रारम्भमा प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराइएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं पठाइएको र राष्ट्रिय ट्रमा सेन्टरमा टाउकोको शल्यक्रिया गरिएको जनाइएको छ।

हाल दासको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको स्वतन्त्र नागरिक अभियानका प्रतिनिधि राजेन्द्र खनालले जानकारी दिएका छन्। उनको उपचारमा स्वतन्त्र नागरिक अभियानका संयोजक ऋषि धमला, राजेन्द्र खनाल तथा पत्रकार अनिलकुमार निरालालगायतले आवश्यक समन्वय तथा पहल गरिरहेको बताइएको छ।

यसैबीच, आन्दोलन तथा झडपका क्रममा घाइते भएकाहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ। तनाव थप हिंसात्मक बन्न नदिन प्रशासन, राजनीतिक दल, नागरिक समाज तथा समुदायका अगुवाले संयम अपनाउँदै संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

Previous Post

जिल्ला प्रशासन कार्यालय पर्सामा छड्के अनुगमन, सेवाग्राहीलाई दुःख दिए कारबाही गर्ने सीडीओ दाहालको चेतावनी

Next Post

वीरगञ्जको ट्राफिक व्यवस्थापनबारे जेन–जी पर्साको छलफल

चराचर खबर

चराचर खबर

Next Post
वीरगञ्जको ट्राफिक व्यवस्थापनबारे जेन–जी पर्साको छलफल

वीरगञ्जको ट्राफिक व्यवस्थापनबारे जेन–जी पर्साको छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l